जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८३, शनिबार

    काठमाडौ, २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।