कमलाबारीमा ट्रक दुर्घटनामा चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलाबारीमा ट्रक दुर्घटनामा चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८३, आईतवार

    दमौली, २८ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    दुर्घटना लगत्तै प्रनाउ घिमिरेको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो ।