छोरीको जन्मदिनमा पूर्व एसएसपी खनालद्वारा गौ संरक्षण केन्द्रलाई १० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छोरीको जन्मदिनमा पूर्व एसएसपी खनालद्वारा गौ संरक्षण केन्द्रलाई १० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८३, मंगलवार

    तनहुँ, ३० भदाै । नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) केदार खनालले छोरी सुजाताको जन्मदिनको अवसरमा शुक्लागण्डकीस्थित मुक्तिनाथ च्यवनधामद्वारा सञ्चालित गौ संरक्षण केन्द्रमा रहेका गाईलाई भोजन गराउन १० हजार रुपैयाँ सहयोग गरेका छन्।

    छोरीको जन्मदिनलाई सामाजिक तथा धार्मिक सेवासँग जोड्दै खनालले गौ संरक्षण केन्द्रमा रहेका गाईलाई भोजन गराउने कार्यका लागि उक्त रकम सहयोग गरेका हुन्।जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी सामाजिक सेवामा सहयोग गर्ने संस्कारको विकास गर्नुपर्ने सन्देशसहित खनालले सहयोग गरेको बताइएको छ।