


दमाैली ३० भदाै । तनहुँको व्यास नगरपालिका–३ स्थित पञ्चायन मन्दिर क्षेत्रको झाडी सफा गरिएको छ।उक्त क्षेत्रमा झाडी बढेर सामाजिक मर्यादाविपरीतका गतिविधि हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा स्थानीयबाट जनगुनासो प्राप्त भएपछि प्रहरी टोली खटाइएको थियो।
प्रहरी टोलीले मंगलबार उक्त क्षेत्रमा रहेको झाडी सफा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सफाइसँगै क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन पहल गरिएको प्रहरीले जनाएको छ।


