


तनहुँ, ४ असोज तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा एउटै परिवारका दुई पुस्ता चयन भएका छन्।
कांग्रेसका पुराना नेता रत्नकुमार श्रेष्ठ र उनका २८ वर्षीय छोरा भिजन श्रेष्ठ क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।
बाबु रत्नकुमार लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन् भने छोरा भिजन नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रिय छन्। एउटै पदमा बाबु–छोरा चयन हुनुलाई कांग्रेसभित्र पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको पुस्तान्तरणका रूपमा हेरिएको छ।