


तनहुँ, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँको भिमाद नगरपालिकाका ९ वटै वडामा नयाँ नेतृत्व चयन भएको छ।
भिमाद नगरपालिकाका सबै वडामा वडा सभापतिसहितको नेतृत्व चयन गरिएको हो। निर्वाचित वडा सभापतिहरूमा वडा नं. १ मा तुलसी सिग्देल, वडा नं. २ मा गोविन्द तिम्सिना, वडा नं. ३ मा केशरबहादुर मल्ल, वडा नं. ४ मा वोमबहादुर थापा र वडा नं. ५ मा देविराज अधिकारी चयन भएका छन्।
त्यस्तै, वडा नं. ६ मा ज्ञानबहादुर थापा, वडा नं. ७ मा सोमराज सुवेदी, वडा नं. ८ मा खिमनारायण अधिकारी र वडा नं. ९ मा पूर्णबहादुर थापा वडा सभापतिमा निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा तहबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ।