


तनहुँ, ११ असोज । नेपाली कांग्रेस तनहुँले पार्टीको निर्वाचनसम्बन्धी तालिका सार्वजनिक गरेको छ।
तालिकाअनुसार असोज १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन हुने जनाइएको छ।
क्षेत्र नं. १ को निर्वाचन दमौली सभा हलमा हुनेछ भने क्षेत्र नं. २ को निर्वाचन बेलचौतारा सामुदायिक भवनमा हुने तालिकामा उल्लेख छ।
निर्वाचनका लागि सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ।