


तनहुँ, ११ असोज । मनाङको चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेर थुनिएको खोला आंशिक रूपमा पुनः बग्न थालेको सूचना प्राप्त भएको भन्दै तनहुँ प्रहरीले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खोला पुनः बग्न थालेसँगै तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले मर्स्याङ्दी नदी किनार तथा आसपासका बस्तीमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको हो।
प्रहरीले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमप्रति सजग रहन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।