बाढीपहिरोले तनहुँमा ठूलो क्षति, राहत र पुनःस्थापनामा सरकारको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरोले तनहुँमा ठूलो क्षति, राहत र पुनःस्थापनामा सरकारको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८३, सोमबार

    तनहुँ १२ असाेज । तनहुँ क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपानेले सोमबारको संसद् बैठकमा बोल्दै पछिल्लो समय आएको बाढीपहिरोका कारण तनहुँमा ठूलो जनधन तथा भौतिक क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

    सांसद न्यौपानेले व्यास नगरपालिका र भिमाद नगरपालिकाका विभिन्न स्थानमा पहिरोका कारण घर जोखिममा परेको जानकारी संसद्मा गराएका हुन्। निरन्तरको वर्षाका कारण जमिन कमजोर बन्दा बस्ती तथा घरहरू जोखिममा परेको उनले बताए।

    त्यस्तै, म्याग्दे गाउँपालिकामा समेत पहिरो जाने र जमिन चिरा पर्ने घटना भएका कारण घरहरूमा क्षति पुगेको उनले संसद्मा उल्लेख गरे।

    बाढीपहिरोका कारण जिल्लाको कालीगण्डकी नदीमा रहेका चार वटा झोलुङ्गे पुल र तीन वटा पक्की पुलमा समेत क्षति पुगेको सांसद न्यौपानेले बताए। पुलहरूमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवतजावत तथा यातायातमा समेत समस्या उत्पन्न भएको उनको भनाइ थियो।