मतदान गर्ने प्रतिनिधिप्रति श्रेष्ठद्वारा आभार व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतदान गर्ने प्रतिनिधिप्रति श्रेष्ठद्वारा आभार व्यक्त

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका मोहनकुमार श्रेष्ठले मतदानमा सहभागी सम्पूर्ण क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

    मतदान सम्पन्न भएपछि श्रेष्ठले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण प्रतिनिधिप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गरेका हुन्। उनले प्रतिनिधिहरूले दिएको मत, विश्वास, माया र हौसलालाई आगामी यात्राको महत्वपूर्ण जिम्मेवारी र प्रेरणाका रूपमा लिएको बताएका छन्।

    श्रेष्ठले निर्वाचनको परिणाम जे भए पनि आफूलाई प्राप्त विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुख–दुःख तथा हरेक परिस्थितिमा आफू प्रतिनिधि तथा शुभेच्छुकको साथमा रहने उनको भनाइ छ।

    उनले भनेका छन्, “यहाँहरूको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्दै अझ जिम्मेवार, सक्रिय र प्रतिबद्ध भएर अघि बढ्नेछु।”

    मतदानमा सहभागी सबै प्रतिनिधिप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै श्रेष्ठले आगामी दिनमा पनि आफ्नो राजनीतिक तथा सामाजिक यात्रालाई निरन्तरता दिने बताएका छन्।