तनहुँ–१ प्रदेश (क) सभापतिमा धिरेश, (ख) मा कर्ण विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ प्रदेश (क) सभापतिमा धिरेश, (ख) मा कर्ण विजयी

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८३, बुधबार

    तनहुँ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) को सभापतिमा धिरेश खनाल र (ख) को सभापतिमा कर्ण खत्री विजयी भएका छन् ।

    सभापति पदका लागि भएको निर्वाचनमा खनालले २१४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी हरिहर उप्रेतीले १५१, ईश्वर पौडेलले १५३ र कल्पना पोख्रेलले ४९ मत प्राप्त गरे । कुल ५९० मत खसेकोमा १८ मत बदर भएको छ।

    त्यस्तै, ३५ वर्षमुनिको प्रतिनिधितर्फ सुजन थपलिया १७८ मत प्राप्त गर्दै विजयी भएका छन्। अन्य उम्मेदवारमा विशाल गिरीले १२१, सुरोज तिमिल्सिनाले १४१ र कविन्द्र ढकालले ८२ मत प्राप्त गरे।

    आदिवासी जनजातितर्फ तुलकुमार गुरुङ २८५ मत र सुरेन्द्रकुमार श्रेष्ठ २४५ मत प्राप्त गर्दै विजयी भए । क्याप्टेन सुर्जकुमार मल्लले १३९, नवीन गुरुङले १२८ र मिनबहादुर गुरुङले १७२ मत प्राप्त गरे ।

    त्यस्तै, खसआर्यतर्फ कृष्णप्रसाद ढुङ्गाना २८४ मत प्राप्त गर्दै विजयी भए । प्रतिस्पर्धी पङ्कज अधिकारीले २५१ मत प्राप्त गरे।

    प्रदेश (क) का अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ।

    यस्तै तनहुँ क्षेत्र नम्बर १ को प्रदेश (ख) सभापतिमा कर्णबहादुर खत्री विजयी भएका छन् ।

    सभापति पदका लागि भएको निर्वाचनमा खत्रीले ३४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी बाबुराम श्रेष्ठले १२४ मत प्राप्त गरे।

    कुल ४७७ मत खसेकोमा ९ मत बदर भएको निर्वाचन परिणाममा उल्लेख छ। खत्रीले आफ्ना प्रतिस्पर्धी श्रेष्ठलाई २२० मतान्तरले पराजित गरेका हुन्।

    प्रदेश (ख) का अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ।