दुई ठूला गुटलाई पछि पार्दै क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई ठूला गुटलाई पछि पार्दै क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८३, बुधबार

    तनहुँ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी भएका छन् ।

    दुई ठूला गुटबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई पछि पार्दै त्रिपाठीले क्षेत्रीय सभापतिको बाजी मारेका हुन् । भानु नगरपालिकाका मेयरसमेत रहेका त्रिपाठीले ३८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले ३६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार सूर्यचन्द्र हड्खलेले २५६ मत पाए ।

    त्रिपाठीले खनाललाई २३ मतको अन्तरले पराजित गरेका हुन् । क्षेत्र नम्बर १ मा कुल १ हजार ६८ मत खसेकोमा सबै मत गणना सम्पन्न भएको छ ।

    त्रिपाठीको विजयलाई क्षेत्रीय अधिवेशनमा दुई ठूला समूहका उम्मेदवारबीचको प्रतिस्पर्धाका बीच आएको परिणामका रूपमा हेरिएको छ ।

    यस्तै सचिवमा सराेज भण्डारी पाँच सय दुई सहित विजयी भएका छन् । प्रतिस्पर्धी तारानरेश पाैडेलल‍े चार सय १० मत प्राप्त गरे ।