कांग्रेसको गुमेको साख फिर्ता ल्याउनुछ, सबैलाई मिलाएर अघि बढ्छु : नवनिर्वाचित सभापति त्रिपाठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको गुमेको साख फिर्ता ल्याउनुछ, सबैलाई मिलाएर अघि बढ्छु : नवनिर्वाचित सभापति त्रिपाठी

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८३, बुधबार

    तनहुँ, १४ असोज । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित आनन्दराज त्रिपाठीले पार्टीको गुमेको साख फिर्ता ल्याउन आफूले सबै पक्षलाई मिलाएर अघि बढ्ने बताएका छन् ।

    क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै त्रिपाठीले कांग्रेसलाई थप सुदृढ र जनतामाझ विश्वासिलो पार्टीका रूपमा स्थापित गर्न आफूले भूमिका खेल्ने बताए । उनले निर्वाचनमा आफूलाई मत दिने प्रतिनिधिसहित प्रतिस्पर्धामा रहेका सबै पक्षलाई साथमा लिएर संगठन निर्माणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘कांग्रेसको गुमेको साखलाई फिर्ता ल्याउनुछ । सबैलाई मिलाएर अगाडि बढ्छु,’ त्रिपाठीले भने ।

    क्षेत्रीय सभापति पदका लागि भएको निर्वाचनमा त्रिपाठीले ३८६ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले ३६३ मत तथा सूर्यचन्द्र हड्खलेले २५६ मत प्राप्त गरेका थिए ।

    कुल १ हजार ६८ मत खसेकोमा त्रिपाठीले खनाललाई २३ मतको अन्तरले पराजित गरेका हुन् । भानु नगरपालिकाका मेयरसमेत रहेका त्रिपाठीले निर्वाचनबाट प्राप्त जिम्मेवारीलाई संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिएको बताएका छन् ।