


गुल्मी, ९ कात्तिक । गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ स्थितमा स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा परी पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।