


काठमाडौं, १३ कात्तिक । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता नरहेको प्रेस विज्ञ दीपा दाहालले स्पष्ट पारेकी छन्।
दाहालका अनुसार उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत थिएन। घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको उनले बताएकी छन्।
पत्रकार पक्राउको घटनाप्रति विभिन्न राजनीतिक दल तथा सञ्चार क्षेत्रबाट विरोध भइरहेका बेला प्रधानमन्त्रीको निर्देशनबारे जानकारी दिँदै प्रेस विज्ञ दाहालले प्रधानमन्त्री तथा उनको सचिवालयको संलग्नता नरहेको स्पष्ट पारेकी हुन्।