सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८३, शुक्रबार

    काठमाडौ, १३ कात्तिक । सल्यान, सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

    शुक्रबार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्ला सल्यान, सिद्ध कुमाख गाउँपालिका २ बस्ने वर्ष ४२ की कृष्णी बस्नेत, वर्ष ४५ की सीता वि.क. र वर्ष ४३ को साउने रोका रहेका छन्। त्यसैगरी घाइते हुनेमा जिल्ला सल्यान, सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष २४ को देवबहादुर वि.क., वर्ष ५८ की सुशीला चलाउने, वर्ष १३ की राधिका चलाउने र वर्ष २२ को दीपक रोका रहेका छन् ।

    त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ बस्ने वर्ष १५ को कमल बुढाथोकी र वर्ष ७ की बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी तथा सिद्ध कुमाख गाउँपालिका–२ बस्ने वर्ष १० को युवराज परियार रहेका छन्। घाइतेहरूमध्ये देवबहादुर वि.क., कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ । जिप चालक जिल्ला सल्यान, सिद्ध कुमाख गाउँपालिका २ बस्ने वर्ष ३८ को तिलक चलाउनेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यान पठाईएको छ ।