


तनहुँ, १४ कात्तिक । प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने सम्पूर्ण खेल स्थगित गरिएको छ।
देशभर मौसममा आएको परिवर्तनसँगै अविरल वर्षा भइरहेकाले आजका खेल स्थगित गरिएको व्यास नगर खेलकुद समितिले जनाएको छ।
समितिका अध्यक्ष जीवन गुरुङका अनुसार कात्तिक १३ गते उद्घाटन भएको प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। आज स्थगित भएका खेलहरू भोलि सञ्चालन गरिने जानकारी दिइएको छ।
खेल स्थगित हुँदा खेलाडी तथा खेलप्रेमीहरूमा पर्न गएको असुविधाप्रति समितिले क्षमायाचना गरेको छ।