


तनहुँ, १९ कात्तिक । तनहुँको दमौलीस्थित खेलकुद मैदानको प्याराफिटमुनि थुप्रिएको फोहोर सामाजिक अभियन्ता सुदिप गफ्फारले सरसफाइ गरेका छन्।
प्याराफिटमुनि लामो समयदेखि थुप्रिएको फोहोर तथा दिशा–पिसाबका कारण दुर्गन्ध फैलिन थालेपछि गफ्फारले बिहीबार सरसफाइ अभियान सञ्चालन गरेका हुन्।
उनको पहलमा प्याराफिटमुनिको करिब दुईतिहाइ भाग सफा गरिसकिएको छ भने बाँकी एकतिहाइ भागको सरसफाइ गर्न बाँकी रहेको छ।
खेलकुद तथा सार्वजनिक गतिविधिका लागि प्रयोग हुने मैदानको प्याराफिटमुनि फोहोर र दुर्गन्धको समस्या बढ्दै गएपछि गरिएको सरसफाइले वातावरण स्वच्छ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।