


काठमाडौ, २६, कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माईक्रोवस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ०५:४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माईक्रोबस दुर्घटनामा परेको हो । गाडीमा चालकसहित १४ जना सवार रहेको खुलेको छ ।
दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र ५ जना घाइतेको उद्धार गरिएको छ । घाइते तथा मृतकको विस्तृत विवरण आउन बाँकी रहेको छ ।