मुग्लिन–पोखरा सडकखण्डमा २५३ सवारी चालकलाई ट्राफिक सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–पोखरा सडकखण्डमा २५३ सवारी चालकलाई ट्राफिक सचेतना

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८३, शुक्रबार

    तनहुँ २७ कात्तिक । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ।शुक्रबार बिहान सञ्चालन गरिएको अभियानका क्रममा २५३ वटा सवारी साधनका चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी तथा सचेतना प्रदान गरिएको छ।

    सचेतना प्राप्त गर्ने सवारी साधनमध्ये दुई पाङ्ग्रे ७२ वटा, चार पाङ्ग्रे साना सवारी साधन ११२ वटा र ठूला सवारी साधन ६९ वटा रहेका छन्।प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण, सुरक्षित ओभरटेक, लेन अनुशासन, जेब्राक्रसको प्रयोग तथा ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई आग्रह गरेको छ।