


तनहुँ, २७ कात्तिक । भिमाद नगरपालिका-६ रत्नचोकस्थित एक हाेटलमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले बुधबार राति उनीहरुलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय तनहुँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।