ऑबुखैरेनीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, २७ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल बस्ने २४ वर्षीय अमन भुजेलको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीय विजय भुजेल घाइते भएका छन् ।

    दुर्घटनामा घाइते दुवैलाई आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपश्चात् चितवनस्थित चितवन मेडिकल कलेज पठाइएको थियो ।