कांग्रेस तनहुँको जिल्ला (देउवा पक्ष) सभापतिमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्विरोध निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँको जिल्ला (देउवा पक्ष) सभापतिमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्विरोध निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८३, बुधबार

    तनहुँ, २ मंसिर । नेपाली कांग्रेस तनहुँको १५औँ नियमित जिल्ला अधिवेशन (देउवा पक्ष) बाट जिल्ला सभापतिमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन्।

    आज सम्पन्न अधिवेशनले गौतमलाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको हो। अधिवेशनबाट उपसभापतिमा डम्बरबहादुर अधिकारी र हिरालाल गुरुङ निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा माधव खनाल निर्वाचित भएका छन्।

    अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरेका थिए।

    नवनिर्वाचित सभापति गौतमसहित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कांग्रेस कार्यकर्ताले पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउन अपेक्षा गरेका छन्।