हरिबोधनी एकादशीमा व्यास नगरपालिकाभित्र सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हरिबोधनी एकादशीमा व्यास नगरपालिकाभित्र सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८३, बिहीबार

    तनहुँ, ३ मंसिर । हरिबोधनी एकादशी (तुलसी विवाह) को अवसरमा तनहुँको व्यास नगरपालिकाले मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) र अन्य संघसंस्थामा स्थानीय बिदा दिने जनाएको हो।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा जारी सूचनामा हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख छ।

    बिदाको अवधिमा अत्यावश्यक स्वास्थ्य सेवा भने सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ।