हुन्डाई अउराको नेपालमा बिक्री शुरू, के छ विशेषता ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    हुन्डाई अउराको नेपालमा बिक्री शुरू, के छ विशेषता ?

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    काठमाडाै : नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई अउरा सार्वजनिक गरेको छ । कम मूल्यमा नै सेडान कार खोज्नेको लागि सेग्मेन्टमा नै उत्कृष्ट सुबिधासहित बजारमा ल्याएको हो ।

    नयाँ हुन्डाई अउरा सार्वजनिक गर्दै कम्पनीका जीएम रुपेश शर्मा भट्टले भन्नुभयाे, ‘सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र यहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुन्डाईको लागि अर्को एक सही कदम हुनेछ ।’

    नयाँ हुन्डाई अउरा एक आकर्षक सेडान रहेको छ । यसललाई युवा लक्षित गर्दै उत्कृष्ट डिजाइन ल्याङवेज ‘सेन्सियस स्पोर्टनेस’ तयार गरिएको छ । कारको गाडीको भागमा यूनिक ट्वीन ब्रुमिङ डे टाइम रनिङ लाइट, प्रिमियम स्टेन फ्रन्ट ग्रिल, प्रोजेक्टर फगल्याम्प रहेको छ । साइड प्रोफाइलले यसको कुपे स्टाइल दर्शाएको छ ।

    यसको पछाडि भागमा रोबष्ट स्पोर्टी बम्पर, स्टाइलिस जेड सेप्ड टेलल्याम्प, विभिन्न स्थानमा दिइएको क्रोम फिनिसले यसलाई सेग्मेन्टमा नै उत्कृष्ट सेडान बनाएको छ । कम्पनीले अउरामा हुन्डाईको उत्कृष्ट १.२ लिटर कपा ड्यूल भीटीभीटी पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क प्रदान गर्ने छ ।

    हुन्डाईको हाई स्ट्रेन्थ स्टील प्रयोग गरेर बनाईको अउराको बडी निकै बलियो रहेको छ । सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ क्यामेरा, इमर्जेन्सि स्टप सिंगनल जस्ता फिचर उपलब्ध रहेका छन् । हुन्डाई अउरा एस भेरियन्ट विभिन्न चार कलरमा उपलब्ध रहेको छ । यसको मूल्य ३३ लाख ९६ हजार रहेको छ ।