तनहुँ : तनहुँको दुलेगौँडा हर्कपुर मोटरमार्गमा यात्रुवाहक जिप दुर्घटना हुदाँ चालकसहित १८ जना यात्रु घाईते भएका छन् । शुक्लागण्डकी नगरपालिका–३ हटियामा दिउँसो तीन बजेतिर ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जिप सडकमा पल्टिएको थियो ।
दुलेगौँडा बजारदेखि व्यागनतर्फ जाँदै गरेको जिपमा सवार सात जना बालबालिकासहित १८ जना घाईते भएको ईलाका प्रहरी कार्यलय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । घाईतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भईरहेको छ । उहाँका अनुसार सबैको अवस्था सामान्य रहेको छ ।
जिपको पिकअप टुटेर सडमै पल्टिएको उहाँले बताउनुभयो । ‘उकालोमा जिपको पिकअप टुटेछ । ब्याक गर्दा पल्टिएको खुलेको छ’ रेग्मीले भन्नुभयो । उत्तानो परेर जिप सडकमै पल्टिएकाले ठुलो मानविय क्षति हुन नपाएको उनको भनाई छ । बर्षाले बाटो बिग्रदा दुर्घटना निम्त्याएको स्थानिय प्रत्यदर्शीले बताएका छन् ।