तनहुँ : तनहुँको व्यास नगरपालिकाको प्राङ्गणमा कालोपत्रे गरिएको छ । नगरपालिका प्रवेश गर्ने मुख्य गेटदेखिको खाली रहेको भाग कालोपत्रे गरिएको हो ।
व्यास नगरपालिकाले भ्याट सहित रु १८ लाखमा कालोपत्रे गर्नका लागि विष्णु निर्माण सेवा दमौलीलाई ठेक्का दिएको थियो । निर्माण सेवाका सञ्चालक इश्वरीप्रसाद देवकोटाका अनुसार ग्यारेजमा ढलान र साइडमा पेभिङ (इन्टरलक) बिछ्याउने काम गरिनेछ ।
तस्वीरहरु : टिकाराम पनेरु/खबरपुञ्ज