थप्रेक जाने बाटो कालोपत्रे हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    थप्रेक जाने बाटो कालोपत्रे हुँदै

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको एक करोड ५० लाख बजेटबाट उक्त मार्ग कालोपत्रे गर्ने तयारी थालिएको छ ।

    शुक्लागण्डकी नगरपालिका–१ गुबे खोलादेखि एक हजार तीन सय मिटर सडक कालोपत्रे हुने प्रदेशसभा सदस्य आशा कोइरालाले जानकारी दिनुभयो । कालोपत्रेका लागि अन्तिम चरणको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार साढे ५ मिटर चौडाई सडक कालोपत्रे हुनेछ ।

    थप्रेकबासीको समृद्धिकाे आधार भएकाले प्रदेश सरकारले यो सडक स्तरोन्नतिका लागि प्राथमिकता दिएको कोइरालाको भनाई छ । ‘वडा केन्द्रलाई नगरको केन्द्रसम्म जोड्ने सडक हो । यो सडक कालोपत्रे भएपछि थप्रेकबाट बसाई झर्ने क्रम रोकिन्छ,’ उहाँले भन्नुभयो, ‘गाउँमै बस्न प्रेरित गर्ने विश्वास छ ।’

    लालध्वज मार्गका लागि आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले सडकको कटिङ, पक्की नाला निर्माणसँगै स्तराेन्नतिका लागि एक करोड विनियाेजन गरेकाे थियाे । चालु आर्थिक वर्षमा पनि डेढ करोड विनियोजन भएको कोइरालाले जानकारी दिनुभयाे ।

    उक्त सडक कालोपत्रेका लागि मिर नेपाल कन्स्ट्रक्सनले ९९ लाख ९२ हजार २ सय ४६ मा ठेक्का पाएको छ। गत वर्षको बजेट भएपनि आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्न प्रदेश सरकारले म्याद थप गरेको छ ।

    गएका दुई आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले एक करोड ४० लाख सडक स्तराेन्नितमा खर्चिएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो । कोत्रेदेखि थप्रेकसम्म १८ किलोमिटर दुरी रहेको सडकको ट्रयाक २०५२ सालमा खोलिएको हो । उक्त दुरी सडक कालोपत्रेका लागि पर्याप्त बजेटको विनियोजन हुन आवश्यकता रहेको उहाँले बताउनुभयो ।