चट्याङ लागेर घाइते तामाङलाई सहयोग जुट्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    चट्याङ लागेर घाइते तामाङलाई सहयोग जुट्दै

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : चट्याङ लागेर घाइते तनहुँको देवघाट गाउँपालिका–५ का २१ वर्षीय किसान तामाङलाई उपचारका लागि आर्थिक सहयोग जुट्न शुरु भएको छ । देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष शुकु गुरुङ र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाको पहलमा आर्थिक सङ्कलन गरी तामाङका बुबा जयबहादुर तामाङलाई रु १० हजार हस्तान्तरण गरिएको छ ।

    उक्त रकम देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता यालबहादुर गुरुङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष भुवनसिंह गुरुङले हस्तान्तरण गर्नुभयो ।

    गत भदौ २३ गते घरमै सुतिरहेको बेला चट्याङ लागेर घाइते तामाङको अनुहार र शरीरका विभिन्न भागमा चोट छ । चट्याङ लागेपछि उहाँलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल लगिएपनि चार दिन राखेर घर फिर्ता ल्याइएको छ । उपचार गर्न पैसा नभएपछि अस्पतालले राख्न नमानेपछि घर लिएर आएको उहाँका आमा सुनिताले बताउनुभयो ।

    छोराको उपचारका लागि आर्थिक अभाव भएपछि समस्या परेको उहाँले बताउनुभयो । “भएको अलि अलि पैसा उपचार गर्दा सकियो, यस्तो बेला सापटी पनि कसैले दिँदैनन्,” सुनिताले भन्नुभयो, “अब छोराको उपचार कसरी गर्नु ?” मनकारी महानुभावहरुले आर्थिक सहयोग गरिदिए छोराको उपचार गर्न सहयोग पुग्ने सुनिताले बताउनुभयो । “चारदिनसम्म अस्पतालमा राखेर उपचार ग¥यौ, थप उपचारका लागि पैसा भएन,” उहाँले भन्नुभयो, “थप पैसा नहुँदा छोराको उपचारमा समस्या भएको छ ।”

    पीडित तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले आमा सुनितालाई ९८२५२६७९५२ र देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।