माइन्युट केरमेट गर्ने वडाध्यक्षलाई कारवाही माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    माइन्युट केरमेट गर्ने वडाध्यक्षलाई कारवाही माग

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकमा माइन्युट केरमेट गर्ने वडाध्यक्षलाई कारवाहीको माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटीको बुधबार बसेको बैठकले भानु नगरपालिका-२ का वडाध्यक्ष अर्जुन केसीलाई कारवाहीको माग गरेको हो ।

    नगर कमिटी अध्यक्ष प्रेम बहादुर रानाले वडाध्यक्षलाई स्थानीय ऐन तथा कानून अनुसार कारवाही गर्न नगरपालिकासँग अनुरोध गरिएको जानकारी दिनुभयो ।