ऑबुखैरेनीमा एक युवती सहित चार युवा गाजा सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा एक युवती सहित चार युवा गाजा सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाबाट लागुऔषध सहित बिहीबार चार युवा पक्राउ परेका छन् । मुग्लिङबाट ऑबुखैरेनीतर्फ पैदल आउँदै गरेका चार युवालाई इलाका प्रहरी कार्यालय ऑबुखैरेनीको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

    ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गाजा सहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा सिर्जनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङ्जा घर भई हाल सोही ठाउँ बस्ने वर्ष २८ को रोशन गुरुङ, गोरखा घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीया पूजा गुरुङ र कास्कीको पोखरा महानगरपालिका-८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरीले निजहरुको साथबाट ३२४० ग्राम गाँजा बरामद गरेको छ ।