तनहुँ : तनहुँको व्यास नगरपालिका निवासी एक युवतीलाई चितवनमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षण अनुसार ती युवतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
कोरोना सङ्क्रमण पुष्टि हुनेमा व्यास नगरपालिका–११ निवासी २६ वर्षीया महिला रहेकी छन् । ती युवतीको असोज १२ गते स्वाब सङ्कलन गरिएको थियो ।