पॉच वर्षीया बालिका सहित दुईमा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    पॉच वर्षीया बालिका सहित दुईमा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शनिबार

    तनहुँ : पॉच वर्षीया बालिका सहित तनहुँमा शनिबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार भीमाद नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार भीमाद नगरपालिका-२ का ५ वर्षीया बालिका र भीमाद नगरपालिका-६ का २७ वर्षीया पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ती बालिका भारतबाट आएको स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ ।

    यस्चै शनिबार नै कास्कीमा १० र गोरखामा पॉच जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये कास्कीका दुई प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार तीन पुगेको छ ।