छ महिनापछि धुलिखेल जिपलाइन सञ्चालनमा, असोज महिनाभर तीस प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    छ महिनापछि धुलिखेल जिपलाइन सञ्चालनमा, असोज महिनाभर तीस प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शनिबार

    काठमाडौं : कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाईन ६ महिना पछि आज (असोज १७ गते) देखि शुरु भएको छ। फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चर प्रा.लीका अध्यक्ष केदार थापाले बताउनुभयाे ।

    क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिनुभयाे ।

    जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताउनुभयाे । क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ।

    साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि नि:शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताउनुभयाे । कोभिड१९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताउनुभयाे ।

    २०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ।