काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आजको सचिवालय बैठक स्थगित गरेको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको सूचना आएको एक सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज अपराह्न सारिएको थियो ।
हिजो (शनिबार)मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चारजना ( प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव, इन्द्रप्रसाद भण्डारी) सहित ६५ सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक अनिश्चितकालसम्म स्थगित गरिएको बताइएको छ ।