व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आवधिक योजना निर्माण गर्ने भएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले आगामी तीन वर्षका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो ।

    आवधिक योजना तीन महिनाभित्र निर्माण सम्पन्न गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । बैठकमा नगरपालिकाको विगत तीन वर्षको कार्य प्रगति समिक्षा गरिएको छ ।

    नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ को वार्षिक खरिद योजना र नदीजन्य ढुङ्गा, बालुवा सम्बन्धी आइइ प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले व्यास नगरपालिका टोल विकास संस्था कार्यविधि २०७७, व्यास नगरपालिका स्लेट ढुङ्गा उत्खनन् एवं कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ संशोधन तथा पारित गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    कोभिड १९ को प्रभाव विस्तारित हुँदै गएकाले सम्पूर्ण नगरवासीलाई सचेत र सावधानीपूर्ण तवरले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने र बाहिरबाट व्यास नगरपालिकामा आउनुहुने नगरवासीलाई सुरक्षित होम क्वारेन्टिनमा बस्न, सुरक्षित होम क्वारेन्टिन नभएमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा १४ दिन बस्न अनुरोध गर्ने र सङ्क्रमणको शङ्का भएमा पिसीआर परीक्षणका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।

    श्रेष्ठका अनुसार विपद्तबाट नोक्सान पुगेको यातायात, खानेपानी, सिंचाई लगायतका बाँकी पुनस्र्थापनाको कार्यलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।