व्यासमा १० सहित तनहुँमा थपिए ११ सङ्क्रमित (कुन वडामा कति ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा १० सहित तनहुँमा थपिए ११ सङ्क्रमित (कुन वडामा कति ?)

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा दश कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–१, २, ५, ४ का पाँच महिला र पाँच पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका–१ का ४३, ३१ वर्षीय पुरुष र १७ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–२ का ३८, व्यास नगरपालिका–५ का ३२ र व्यास नगरपालिका–४ का १० वर्षीय बालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै व्यास नगरपालिका–४ का ६१, ३० वर्षीया महिला र ५ र १३ वर्षीया बालिकालाई पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै तनहुँकै ठेगाना नखुलेकी २४ वर्षीया महिलामा पनि काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा सङ्क्रमण पुष्टि भएकी उहाँ हाल साेही अस्पतालकाे प्रि आइसाेलेशनमा हुनुहुन्छ ।