ऑबुखैरेनी र भीमादमा थपिए ६ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी र भीमादमा थपिए ६ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकामा ६ कोरोना सङ्क्रमित थपिएका छन् । ऑबुखैरेनीको एउटै वडामा ५ र भीमादमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनी-३ का ६२, ३१, ३९, ५६, ३१ र भीमाद नगरपालिका-६ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । सबैजना क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    यसअघि सोमबार नै तनहुँमा १० सङ्क्रमित थपिएका थिए ।