तनहुँ : तनहुँमा आइतबार २३ नयॉ कोरोना सङ्क्रमित थपिएका छन् । व्यास, शुक्लागण्डकी, भीमाद, भानु नगरपालिकाका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिकाका ९, शुक्लागण्डकी नगरपालिकाका ९, भीमादका ३, भानुका एक र ठेगाना नखुलेका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमित हुनेमा नेपाल बैङ्क, महालक्ष्मी बैङ्कका कर्मचारी, दङ्गा प्रहरी लगायत होम क्वारेन्टिनमा बसेका समेत छन् ।