तनहुँ : दशैँका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बुधबारदेखि खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् ।
गत ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन ।
दशैँ बिदा सकिएकाले आजदेखि मुख्य बजारमा केही चहलपहल बढ्नेछ । दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा-टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।
व्यास भने आइतबारबाट खुल्ने
सदरमुकाममा रहेको व्यास नगरपालिका भने आइतबारबाट मात्र खुल्दैछ । नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण बढेकाले कात्तिक १४ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको निर्णय बमोजिम सम्पूर्ण वडा कार्यालय पनि उक्त अवधिमा बन्द रहनेछन् ।