रोनाल्डो कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोनाल्डो कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    एजेन्सी : फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छन् । पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो १९ दिनपछि कोरोनामुक्त भएका हुन् ।

    शुक्रबार रोनाल्डोको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । अक्टोबर १३ मा कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोले युभेन्टसका महत्वपूर्ण खेल गुमाएका थिए ।

    उनले पोर्चुगलको स्विडेनविरुद्धको खेल सहित युभेन्टसका सिरी ए का क्रोटोने र भेरोनासँगका खेल गुमाएका थिए भने च्याम्पियन्स लिगका डाइनामो किभ र बार्सिलोनासँगका खेल गुमाएका थिए ।

    अब रोनाल्डोको अर्को परिक्षण आज फेरी हुने र उनी प्रशिक्षणमा जाने युभेन्टसले जानकारी दिएको छ । युभेन्टस आइतबार सिरी ए अन्तर्गत स्पेजियाविरुद्ध खेल्दैछ ।