तनहुँ : तनहुँमा शनिबार १४ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये तीन जना प्रहरी रहेको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार ६० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । व्यास–२ का ४८, व्यास–१ का ४७ वर्षीय पुरुष, व्यास–४ की ३४ वर्षीया महिला, व्यास–१० का ३० वर्षीय पुरुष, व्यास–२ का ५२, व्यास–४ का ६६ वर्षीय पुरुष, व्यास–९ की ३१ वर्षीया महिला, व्यास–५ का २८ र व्यास–३ का २८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–१० घर भई हाल व्यास नगरपालिका बस्ने २८ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ५०, ३५, ३८ र २२ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएकाे छ ।