गण्डकीमा सोमबार थपिए १ सय २३ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा सोमबार थपिए १ सय २३ संक्रमित

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, सोमबार

    पाेखरा : गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय २३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    थपिनेमध्ये कास्कीका ७० संक्रमित छन् । गोरखामा ३३, तनहुँमा ९, नवलपरासीमा ६, लमजुङ, स्याङ्जामा २, बागलुङमा १ संक्रमित थपिएका छन् ।

    गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६३ पुगेको छ । तीमध्ये ४ हजार ४ सय ६ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।