तनहुँ : तनहुँको व्यास नगरपालिकामा बुधबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा व्यास नगरपालिकाका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थपिनेहरु व्यास नगरपालिका–१, २, ३, ९, ११ का छन् । व्यास–१ का ४० वर्षीया महिला, सोही वडाका ४० वर्षीय पुरुष, व्यास–२ का ४६ वर्षीय पुरुष, ४१ वर्षीया महिला, २४ वर्षीय पुरुष, १५ वर्षीया महिला, २० वर्षीय पुरुष, ३८ वर्षीया महिला, व्यास–३ का ३६ वर्षीया महिला, व्यास–९ का ६५ वर्षीया महिला र व्यास–११ का २९ वर्षीय पुरुष छन् ।