गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

    रुघाखोकी र ज्वरो आएपछि मंगलवार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उहाँको बुधवार रिपोर्ट पोजेटिभ आएको हो । शुरूआतका दिनमा ज्वरो आएकोमा अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले केही दिनमा पूर्ववत् काममा फर्किने मन्त्री थापामगरले विश्वास व्यक्त गर्नुभएकाे छ ।