तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार एकै दिन ३० जनाले कोरोना भाईरस जित्न सफल भएका छन् । सोमबार होम आईसोलेसनमा रहेका ३२ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पोखरा पठाइएकामा ३० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
होम आईसोलेसनमा रहेका शुक्लागण्डकी–२ का ३७ बर्षीय पुरुष र शुक्लागण्डकी–५ की ५७ बर्षीया महिलाको भने पुन: रिपोर्ट पोजेटिभ आएको छ । यहॉ हालसम्म १ सय ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये करिब १ सय ७४ जना निको भएको स्वास्थ्य शाखाको तथ्याङक छ । ३ जना संक्रमितको मृत्यु भएको जनाईएको छ ।