अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    एजेन्सी : विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका छन् ।

    ‘म मन्त्रिपरिषदका नेता सान्टियागो क्याफिएरोसँग छलफलमा थिएँ । सुरुवातमा त मैले विश्वास गर्न सकिन । निकै नराम्रो लाग्यो । कुनैपनि अर्जेन्टिनी समर्थकका लागि यो खराब समाचार हो । हामी सबै उनलाई माया गर्थ्यौं । म उनको परिवारसँग कुरा गरेर के गर्ने भन्ने निर्णय लिनेछु,’ उनले भने ।

    म्याराडोनाको अन्तिम संस्कारअघि राष्ट्रपतिको मुख्यालयमा राज्यस्तरबाट नै श्रद्दान्जली सभा गर्ने तयारी भइरहेको छ । हालसम्म जम्मा ७ राष्ट्रपतिले मात्र यो सम्मान प्राप्त गरेका छन् । खेलकुद क्षेत्रबाट ५ पटक फर्मुला वन विजेता जान म्यानुएल फान्गियोले सन् १९९५ जुलाई १७ मा यो सम्मान प्राप्त गरेका थिए ।