पोखरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा कुनै हालतमा नफुट्ने बताउनुभएको छ । सोमबार सॉझ फेसबुकमा स्ट्याटस लेख्दै गुरुङले पार्टी नफुट्ने र फुट्न नदिने बताउनुभयो ।
पार्टीलाई एकजुट बनाईराख्ने धेरै विकल्प रहेको भन्दै गुरुङले एउटा विकल्प र प्रयास असफल हुँदैमा आत्तिन नहुने उल्लेख गर्नुभयो ।