तनहुँ : नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलाई व्यास नगरपालिका-२ स्थित कालिका टोल विकास संस्थाले स्वागत एवं सम्मान गरेको छ । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गृहजिल्ला आइपुग्नुभएका श्रेष्ठलाई टोल विकास संस्थाले स्वागत एवं सम्मान गरेको हो ।
सो अवसरमा श्रेष्ठले सबैको सहयोगले महासङ्घमा निर्वाचित भएको भन्दै व्यवसायको हित नै आफ्नो प्रमुख कर्तव्य रहेको बताउनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल, दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ (राकु), टोल विकास संस्थाका सचिव दिनेशकुमार श्रेष्ठ, वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्ल लगायतले श्रेष्ठलाई स्वागत एवं सम्मान गर्नुभएको थियो ।