प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७७, शनिबार

    तनहुँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनौट गरिएको छ । तनहुँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेश सचिव सुमनराज कार्की र केन्द्रीय प्रतिनिधि सुदीप शर्माको उपस्थितिमा खेलाडी छनौट गरिएको हो ।

    छनौट भएका खेलाडीहरुले गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटका लागि खेल खेल्नेछन् । ३८ खेलाडीमध्येबाट १४ जना प्रत्यक्ष र चार जना वैकल्पिक खेलाडी छनौट गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    छनौट भएका खेलाडीमा राजु गुरुङ (कप्तान), चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजङ बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करुन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट हुनुभएको छ । त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ, विशाल न्यौपाने र नविन बराली छनौट भएको सङ्घले जनाएको छ ।